बजार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Banner

काठमाडौं,जेठ १-

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको हो ।

योसँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत र दाङमा क्रमशः १५६ र १४१ तथा बाँकी ठाउँमा १५४.५० र १३९.५० कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । यसअनुसार पेट्रोलमा प्रतिलिटर १.०८ रुपैयाँ र डिजेल २.८० रुपैयाँले मूल्य घटेर आएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>