मनोरञ्जन
बालकमाथि हुने यौन हिंसा अन्त्य गर्न नीलो छाता अभियान

काठमाडौँ, वैशाख ३१-
बालकमाथि हुने यौन हिंसा र शोषण ओझेलमा परेको पाइएको छ । बाल आवाज (भ्वाइस अफ चिल्डेन)ले आज ‘बालकहरुमाथि हुने यौन हिंसाविरुद्ध नीलो छाता अभियान’ विषयक कार्यक्रममा बालकहरुप्रति हुने यौन हिंसा, दुव्र्यवहार, शोषण पर्ने गरेको तर त्यसलाई गम्भीररुपमा नलिने गरेको पाइएको हो ।
बाल परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले बालकहरुको पीडा बुझ्ने र सुन्ने थोरै भएको अवस्था भएको र यौन हिंसाको सिकार बालिका मात्र हुन्छन् भन्ने सोचका बीच सन् २०२१ देखि निलो छाता दिवस मनाएर बालकहरु हिंसा हुने गरेको तथ्य बाहिर आएको बताउनुभयो ।
“बालकहरुमाथि हुने यौन हिंसाको घटनालाई नीलो छाता अभियानले विश्वसामु फैलाएको छ, कानुनी मान्यताको लडाईमा पनि लागिरहेको छ”, उहाँले भन्नुभयो, “नेपाल पनि यो अभियानमा लागेको छ ।”
बालकको संरक्षणका लागि सुरु भएको हस्ताक्षर अभियान थप महत्वपूर्ण भएको र कानुनी मान्यतासहित सामूहिक प्रयासले मात्र बालअधिकार सुरक्षित हुने र अभियानमा सबै क्षेत्रको सक्रियताको खाँचो रहेको उहाँको भनाइ थियो । “बालकको संरक्षणका लागि कानुन संशोधनमा गएको छ”, सदस्य सचिव ढकालले भन्नुभयो, “परिषद् कानुन संशोधन गर्न प्रतिबद्धता छ ।”
सन् २०२५ मा सार्वजनिक भएको ल्यासेन्ट पब्लिकेसनमा प्रकाशित अध्ययनको रिपोर्टअनुसार विश्वमा १४.८ प्रतिशत पुरुषहरुले १८ वर्ष पुग्नुअगावै यौन हिंसा भोग्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
सूचना प्रविधिको प्रविधिको प्रयोगसँगै बालकहरु यौन हिंसाको जोखिममा रहेका छन् । नेपाल प्रहरी साइबर ब्युरोको तथ्याङ्कअनुसार आव २०७९/८० मा जम्मा १७६ जना बालबालिका (बालक ५१ र बालिका १२५) साइबर अपराध पीडित भएकोमा आव २०८०/२०८१ मा २५३ बालक र बाँकी ३८२ बालिका रहेको पाइएको छ ।
बाल आवाजका निर्देशक राजु घिमिरेले महिला, किशोरी, बालिकालाई मात्रै यौन हिंसा हुन्छ भन्ने बुझाइ रहेकोमा बालकहरु वा छोरा पनि यौन हिंसामा पर्ने हुनाले छुट्टै कानुनको आवश्यकता रहेको बताउनुभयो । उहाँले बालकहरु माथि हुने यौन हिंसाबिरुद्ध निलो छाता अभियान सञ्चालन गरेको भनाइ राख्नुभयो ।
नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि १९८९ मा प्रतिबद्धता जनाई हस्ताक्षर गरेको ३६ वर्ष भएको छ । नेपालको संविधान २०७२ ले बालअधिकारलाई मौलिक हकका रुपमा राखेको छ । बालबालिकासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी नियमावली २०७८ लगायत विभिन्न बालसंरक्षणसम्बन्धी दर्जनौँ कानुनहरु, निर्देशिका, कार्यविधि बनेको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा बालबालिकाहरु यौन दुव्र्यवहार, हिंसा र शोषण पर्नुपरेको छ ।
सञ्चारकर्मी कीर्ति भट्टराईले ‘बालकहरुमाथि हुने यौन हिंसाविरुद्ध नीलो छाता अभियान’ विषयक कार्यत्रपत्र प्रस्तुत गर्दै हिंसा र दुव्र्यवहार सहन नसकेर कतिपय बालकहरुले आत्महत्यासम्मको अवस्थामा पुगेको बताउनुभयो ।
यो अभियानलाई सफल बनाउन नेपालबाट सन् २०२४ मा सुरु भएको हस्ताक्षर सङ्कलन अभियान २०२५ सेप्टेम्बरसम्ममा अनलाइन र अफलाइन माध्यमबाट ४० हजार पु¥याउने लक्ष्य राखेको छ ।
उहाँले छोराहरु यौन हिंसामा पर्दैनन् भन्ने सोच आम मानिसमा रहेको भए पनि पीडित बालकहरुलाई न्याय दिन सकिएको अवस्था रहेको र शिक्षा तथा कानुनमा पनि भर्खरै संशोधन भएको र बालिका भनिएको ठाउँमा संशोधित कानुनमा बालबालिका भन्ने शब्द राखिएको जानकारी दिनुभयो ।
सन् २०२१ अप्रिल २६ तारिखलाई भ्वाइस अफ चिल्डेनले सचेतना दिवसका रुपमा मनाउँदै आएको छ । बालकहरुमाथि पनि यौन हिंसा हुन्छ भन्ने सन्देशसहितको चित्रकला प्रदर्शन र विभिन्न माध्यमबाट सचेतना जगाउने काम गरेको बताएको छ ।
खोजतलास केन्द्रका प्रहरी नायब उपरीक्षक ९डिएसपी० महेश थापाले प्रहरीमा दर्ता हुन आएका मुद्दालाई हामीले गम्भीर रुपमा अध्ययन गरी पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने गरेका जानकारी दिनुभयो ।
सहभागीहरुले नेपालका बाल बालिकाहरुको यौन दुव्र्यवहारका विषयमा थप अनुसन्धान गर्नुपर्ने र थप पीडित हुन नदिनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।