समाचार

पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरणका कर्मचारीको मापसे चेक

Banner

पोखरा,बैशाख ३०-

नेपाल विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मध्यरातमा मादक पदार्थ सेवन परीक्षण गरिएको छ । पटक पटक बिजुली गएपछि यहाँका कर्मचारीको मापसे चेक गरिएको हो । विजुली काटिएपछि स्थानीय र पर्यटन व्यवसायीले प्रहरीमा उजुरी गरेका थिए । स्थानीयकै आग्रहमा मापसे चेक गरिएको इलाका ट्राफिक कार्यालय डाँडाको नाकका इन्चार्ज बेदनाथ भण्डारीले जानकारी दिए ।

तर उनीहरुले मादक पदार्थ सेवन गरेको नभेटिएको उनले बताए । नागरिकको निकै धेरै गुनासो आयो, हामीले चेक गर्यौं । तर मापसे गरेको भेटिएन, उनले भने, नागरिकसँग राम्रो व्यवहार नगरेपछि मापसे गरेको शङ्का लागेर हामीलाई चेक गर्न आग्रह गरेपछि चेक गरेका हौँ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>