समाचार

भयानक कार दुर्घटनामा परेका इण्डियन आइडल-१२ का विजेता पवनदीपको कस्तो छ अवस्था ?

Banner

काठमाडौं, बैशाख २३-

इण्डियन आइडल-सिजन १२ का विजेता तथा गायक पवनदीप राजन भयानक कार दुर्घटनामा परेका छन् । सोमबार अमरोहामा भएको दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई चिकित्सकहरूले उपचार गरिरहेको एक भिडियो सार्वजनिक भएको छ, जहाँ उनी गम्भीर अवस्थामा देखिएका छन् ।

सार्वजनिक भिडियोअनुसार उनको बाँया खुट्टा र दायाँ हातमा चोट लागेको देखिन्छ । दुर्घटनामा पवनदीप चढेको कारको अवस्था निकै नाजुक देखिन्छ । कार पूर्णरूपमा क्षतविक्षत भएको छ । गाडीको तस्बिर हेर्दा दुर्घटना कति भयावह थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । हाल पवनदीपको उपचार अस्पतालमा भइरहेको छ।

पवनदीप राजन उत्तराखण्डको चम्पावत जिल्लाका निवासी हुन् । उनका बुबा सुरेश राजन, आमा सरोज राजन र बहिनी ज्योतिदीप राजन कुमाउँ क्षेत्रका लोक कलाकार हुन् । पवनदीपको संगीत यात्रा सन् २०१५ मा ‘द भ्वाइस इण्डिया’ जितेपछि शुरू भएको थियो । त्यसपछि उनले ‘इण्डियन आइडल सिजन १२’ को उपाधि जिते । उक्त प्रतियोगितामा उनले ट्रफीसँगै एक कार र २५ लाख रूपैयाँ पुरस्कार जितेका थिए । फाइनलमा उनको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, सायली कांबले, निहाल तौरो र शनमुख प्रिया लगायत पाँच प्रतिस्पर्धीसँग भएको थियो ।

विभिन्न संगीत शैलीहरूमा सहज रूपले स्विच गर्ने क्षमता र उत्कृष्ट वाद्यकौशलका कारण पवनदीपले भारतीय संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएका छन् । रियालिटी शोको चमकधमकभन्दा बाहिर उनले एकल संगीत यात्रा अगाडि बढाइरहेका छन् । स्वतन्त्र एल्बमहरू सार्वजनिक गरेका छन्, अन्य कलाकारहरूसँग सहकार्य गरेका छन् र फिल्म संगीतमा पनि हात हालेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>