समाचार

धनकुटा बस दुर्घटना अपडेटः मृतकको संख्या ३ पुग्यो

Banner

धनकुटा,बैशाख २३-

धनकुटामा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। धरानबाट भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस सोमबार बिहान धनकुटाको औद्योगिक ग्रामको गोलाई नजिकै दुर्घटनामा परेको थियो।

दुर्घटनामा गम्भीर घाइते धनकुटाकी ७३ वर्षीया कृष्णकुमारी भूजेलको धनकुटा अस्पतालमा र बस चालक सुनसरीका ५१ वर्षीय रूद्र तामाङको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। यसैगरी सोही दुर्घटनाका घाइते भोजपुरका ५८ वर्षीया लिला बहादुर श्रेष्ठको आज बिहान ४ बजे उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका ११ जना घाइते मध्ये दुई जनाको धनकुटा, एक जनाको नोबेल अस्पताल विराटनगर र बाँकी घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>