देश/प्रदेश
दानव नदीमा डुबेर तीन बालक बेपत्ता
०

भैरहवा (रूपन्देही), वैशाख ८-
रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो डुबेर बालकहरु बेपत्ता भएका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।
बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक–२ का १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन रहेका छन् । बेपत्ता बालकहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थाीयवासीले खोजी गरिरहेका प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























