देश/प्रदेश

एसपीसहित ६ नगरप्रहरी र वडा सदस्यविरुद्ध प्रहरीमा उजुरी

Banner

काठमाडौं, वैशाख ८-

काठमाडौं महानगरपालिकाका नगरप्रहरी उपरीक्षक (एसपी) सहित ६ नगरप्रहरी र एक वडा सदस्यविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

एसपी दिनेश अर्याल र उनी नेतृत्वको कमान्डमा खटिएका पाँच जनाविरुद्ध प्रहरीमा उजुरी परेको हो । उजुरीमा वडासदस्य हिरादेवी पोखरेललाई समेत विपक्षी बनाइएको छ ।

सर्लाहीको रामनगर–१, स्थायी घर भएर काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका होसनारायण रायले आइतबार उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् ।

यही वैशाख ४ गते वडा नम्बर ३२, च्यासलस्थित कबाड संकलन केन्द्रमा एसपी अर्यालसहित उनी नेतृत्वको कमान्ड र स्थानीय वडासदस्य पोखरेलले ज्यान मार्ने नियतले डोजर चलाएको रायको आरोप छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>