देश/प्रदेश

सिंहदरबारको चारैतिरका सडकमा गाडी चलाउन रोक

Banner

काठमाडौँ, वेशाख ७-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गरी सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सिंहदरबार दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्यूप्लाजा, सिंहदरबार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सडक सुनसान छन् । त्यहाँ ब्यारिकेड राखेर बाटो बन्द गरिएको छ । त्यसैले ती सडकहरु सुनसान छन् ।

सुरक्षाकर्मीहरु बाक्लो संख्यामा तैनाथ छन् । सिंहदरबारको पर्खाल वरिपरि दंगा नियन्त्रण बललाई खटाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>