देश/प्रदेश
शिक्षकहरुको प्रदर्शन आज पनि जारी
०

काठमाडौँ, वैशाख ७-
शिक्षक तथा कर्मचारीहरुले आज (आइतबार) पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै उनीहरुले आज पनि प्रदर्शन जारी राखेका हन् ।
अघिल्ला दिनहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज राप्रपाको प्रदर्शनलाई लक्षित गरी बिहानै प्रदर्शन गरेका हुन् ।
उनीहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने जनाएका छन् । यद्यपि राप्रपाले बिहान ११ बजेदेखि नै बिजुली बजार क्षेत्रमा भेला हुने भनेकाले शिक्षकहरुले आज प्रदर्शन छोट्याउने तयारी गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























