देश/प्रदेश
मन्दिरको गेट निर्माणका क्रममा एकको मृत्यु
०

त्रिवेणी (रुकुम–पश्चिम), वैशाख ६-
रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका–४ का ५८ वर्षीय खीमबहादुर गिरीको गेटले च्यापिएर मृत्यु भएको हो । आज दिउँसो मुसीडाँडास्थित मन्दिरको गेट निर्माणका क्रममा पुरानो गेट भत्किदा गिरीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटना भएको खबर पाए लगत्तै प्रहरी निरीक्षक पाठकको नेतृत्वमा आठ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























