देश/प्रदेश

धादिङमा बोलेरो भरतीय ट्रकसँग ठोकिदाँ एकजनाको मृत्यु

Banner

धादिङ, वैशाख ६-

धादिङमा बोलेरो गाडी भारतीय ट्रकसँग ठोकिँदा एक यात्रुको मृत्यु भएको छ। काठमाडौँबाट पोखरा जाँदै गरेको प्र ३-०१-०२३ च ६५८ नम्बरको गाडी हिजो (शुक्रबार) राति पृथ्वी राजमार्गअन्तर्गत एक्लेफाँटमा यूपी ३२ टीएन ४१९८ नम्बरको भारतीय ट्रकको पछाडिको भागमा ठोकिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार दुर्घटनामा ललितपुरको बागमती गाउँपालिका-१ का ३४ वर्षीय थुलबाबु थिङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँको ट्रमा सेन्टर पठाइएको थियो। तर उपचारका क्रममा शनिबार बिहान २ बजेतिर उनको मृत्यु भएको डिएसपी हमालले जानकारी दिए।

बोलेरो गाडीमा रहेका चालकसहित अन्य ५ जना भने सकुशल छन् । हाल भारतीय ट्रक चालक भारत उत्तर प्रदेश मोहमदपुर खला बस्ने ४० वर्षीय कमलेश कुमार याद र बोलेरो गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>