देश/प्रदेश

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

Banner

काठमाडौं , वैशाख ५-

कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्षमाथि गोली प्रहार भएको छ । गएराति मायादेवी गाउँपालिकाको पडकीस्थित घरबाट शौचालय जानेक्रममा अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले अध्यक्ष चौधरीमाथि राति साढे ११ बजे गोली प्रहार भएको सूचना आएको बताए ।

“राति घरबाहिर रहेको शौचायल जाने क्रममा आफूमाथि गोली प्रहार भएको जानकारी हामीलाई आएको हो,” डीएसपी मोहनमणि अधिकारी भन्छन्, “उहाँलाई गोली लागेको छैन । खोका भने फेला परेको छ । हामी थप अनुसन्धान गरिरहेका छौँ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>