देश/प्रदेश
२५ करोड प्रकरणः मालिक फरार, चालक कारागार चलान
०

काठमाडौँ, वैशाख ४-
काठमाडौंको टोखास्थित झोरबाट २५ करोड बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सिन्धुपाल्चोकको फुच्चे भनिने कुसाङ लामालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएका हन् ।
योसँगै उनी कारागार चलान भएका छन् । यता २५ करोडको मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलले फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























