देश/प्रदेश
हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान
०

गण्डकी, वैशाख ४-
पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु १० हजार अनुदान प्रदान गरेको छ ।
महानगरपालिका क्षेत्रमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुुभयो । पोखराको भूबनोटका कारण सबै ठाउँमा ट्याक्टर प्रयोग गर्न नसकिने भएकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिइएको उहाँले बताउनुभयो ।
।
गत भदौमा अनुदानसम्बन्धी सार्वजनिक सूचना जारी गरिएकामा ५७० जनाले आवेदन गरेका थिए । महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम प्रदान गर्न थालेको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























