देश/प्रदेश
ट्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु
०

भोजपुर, चैत ३१-
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ।
भोजपुर-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाका अनुसार ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।