अन्तर्राष्ट्रिय

रुसी जनरलको हत्यामा युक्रेनको संलग्नता, उज्वेकिस्तानी नागरिक पक्राउ

Banner

काठमाडौँ, पुस ३-

मस्कोको एक अपार्टमेन्ट बाहिर विद्युतीय स्कुटरमा लुकाइएको बम विस्फोटमा परेर उनको ज्यान गएको थियो।

मस्को बम विष्फोटमा एक शीर्ष जनरल र उनका सहयोगीको हत्यामा संलग्न संदिग्धलाई पक्राउ गरेको रुसी अधिकारीहरूले बताएका छन्।

मङ्गलबार बिहान, लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहयोगी इल्या पोलिकार्पोभको हत्यामा संलग्न भएको आरोपमा उज्वेकिस्तानका एक नागरिकलाई पक्राउ गरिएको रुसको अनुसन्धान समितिले जानकारी दिएको छ।

पक्राउ परेका २९ वर्षीय युवकले आफूलाई युक्रेनी विशेष बलले भर्ती गरेको बताएका छन्। उक्त घटनामा युक्रेनको सुरक्षा सेवा (एसबीयू) को संलग्नता रहेको अल जजिराले उल्लेख गरेको छ। यद्यपि, युक्रेनले यसबारे आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन।

लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ सन् २०१७ देखि रुसको आणविक, जैविक र रासायनिक रक्षा विभागका प्रमुख थिए। मङ्गलबार मस्कोको एक अपार्टमेन्ट बाहिर विद्युतीय स्कुटरमा लुकाइएको बम विस्फोटमा परेर उनको ज्यान गएको हो।

युक्रेन र उसका सहयोगी देशहरूले किरिलोभमाथि प्रतिबन्धित रासायनिक हतियारहरू प्रयोग गर्न निर्देशन दिएको आरोपमा आपराधिक अनुसन्धान सुरु गरेको थियो। यद्यपि, रुसले युक्रेनमा युद्धको समयमा कुनै पनि रासायनिक हतियार प्रयोग गरेको आरोपलाई अस्वीकार गर्दै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>