Breaking News
हिजो घटेको सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदै छ कारोबार ?
०

काठमाडौँ, भदौ २२-
नेपाली बजारमा आज (सोमबार) सुन–चाँदी दुवैको मूल्य घटेको छ। आज सुन प्रतितोला २ हजार ४ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।
यससँगै आज सुन प्रतितोला ३ लाख १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख चार हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५ रूपैयाँले घटेर चार हजार ६ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























