राजनीति

सरकार र निजी क्षेत्र एउटै लयमा अगाडि बढ्न सक्ने प्रस्ट भयोः विनोद चौधरी

Banner

काठमाडौं, भदौ २६-

प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलपछि सरकार आफूहरूप्रति नकारात्मक नरहेको प्रस्ट भएको धारणा निजी क्षेत्रले प्रकट गरेको छ । छलफलपछि निजी क्षेत्र र सरकार एकै लयमा अघि बढ्न सक्ने प्रस्ट भएको उद्यमी विनोद चौधरीले बताएका हुन् ।

सामाजिक सञ्जाल फेसकुबमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । ुुसम्माननीय प्रधानमन्त्रीज्यू र सरकारले लिएको धारणा हाम्रा अपेक्षा अनुकूल नै देखिएका छन् । प्रधानमन्त्रीज्यूसँगको संवाद पछि म उत्साहित कुन रूपमा छु भने यति लामो छलफलको क्रममा उहाँ र हामीबीच कुनै पनि विषयमा विमति देखिएन । सरकार र निजी क्षेत्र एउटै लयमा अगाडि बढ्न सक्छन् भन्ने आजको संवादले स्पष्ट पारेको छ,ुु उनले भनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>