राजनीति

सैन्य भेषमा ‘ग्रिन आर्मी’ का गतिविधि रोक्न सर्वोच्चमा रिट

Banner

काठमाडौं, भदौ २६-
भोटेकोसी बाढी प्रभावितहरूको उद्धार तथा राहतमा खटिएको ग्रिन आर्मीले गैरकानुनी रूपले नेपाली सेनाको भेषमा गतिविधि सञ्चालन गरेको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

‘ग्रिन आर्मी’ ले मिल्दोजुल्दो पोसाक, दर्जा र चिन्ह प्रयोग गरेको दाबी रिटमा छ । उक्त संस्था गैरसरकारी संस्था रहेकाले नेपाल आर्मीलेझैँ सैनिक प्रकृतिको संरचनामा गतिविधि गर्न नपाउने जिकिर पनि रिटमा गरिएको छ ।

अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले शुक्रबार ९भदौ २६० रिट दर्ता गरेका हुन् । ग्रिन आर्मीको दर्ता नै खारेज हुनुपर्ने माग उनीहरूले गरेका छन् । उक्त रिटमा भदौ २९ गतेका लागि सुनुवाइको पेसी तय भएको छ ।

ुग्रिन आर्मीका नाममा ‘‘मिलिटरी इन्स्पायर्ड’’ भएको संरचनाका रूपमा खटिएको दाबी समेत रिट निवेदकको छ । आर्मी शब्द समेत प्रयोग गर्न नमिल्ने जिकिर रिट निवेदकको छ ।

सैनिक शैलीको पोसाक, दर्जा र दर्ज्यानी चिह्न प्रयोग गर्दा राज्यको संस्थागत पहिचान कमजोर हुने तथा नागरिकमा भ्रम पैदा हुने खतरा रहेको उल्लेख छ । ‘‘भविष्यमा कुनै पनि गैरसरकारी संस्था वा स्थानीय निकायले सुरक्षा निकायको पोसाकसँग मिल्ने पोसाक, दर्ज्यानी चिह्न वा सैन्य पद नाम प्रयोग गर्न नपाउने गरी स्पष्ट कानुनी तथा प्रशासनिक मापदण्ड बनाउन आदेशसमेत जारी गरी पाउँ,’’ रिटमा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>