चितवन विशेष

चितवनमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु, चालक घाइते

Banner

चितवन, भदौ २५-

पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

रत्ननगर नगरपालिका-३ स्थित पुरानो यमाहा सोरुम अगाडि बिहीबार बिहान करिब ९:४५ बजे दुर्घटना भएको हो। टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ३ ख ५१८७ नम्बरको ट्रकले विपरीत दिशा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ३९ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट स्कुटरमा पछाडि सवार मकवानपुरको मनहरी गाउँपालिका-७ का ३८ वर्षीय प्रितम मोक्तानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानलाई उपचारका लागि बकुलहर अस्पताल टाँडी लगिएकोमा उपचारकै क्रममा बिहान ९:५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा स्कुटर चालक सोही ठाउँका ४३ वर्षीय दिपेन्द्र बर्तौला घाइते भएका छन्। हात र खुट्टामा चोट लागेका उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ।

ठक्कर दिने ट्रक र ट्रक चालक पर्साको कालिकामाई गाउँपालिका-१ का ३६ वर्षीय रन्जित कुमार पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>