चितवन विशेष

चितवनको जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु

०
Banner

चितवन, कात्तिक १८—

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित प्रसिद्ध जलबिरे (लामो) झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्दा एक जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ।

आज दिउँसो करिब २ः३० बजे डब्लुबी ०२ एपी ३४५८ नम्बरको कार अनियन्त्रित भई जलबिरे झरना नजिकैको खोलामा खसेको थियो।

दुर्घटनामा परी मृत्यु हुनेमा भारतको पश्चिम बंगालस्थित कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन गायेन रहेका छन्। उनको पहिचान साथमा भेटिएको राहदानीका आधारमा भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुसन यादवले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धान र जानकारीअनुसार दुर्घटनाग्रस्त कारमा चालक गायेन मात्र सवार थिए। कार सडकबाट अनियन्त्रित भई भित्ता वा डिलबाट सिधै खोलामा खसेको अनुमान गरिएको छ।

घटनास्थलमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि पठाउनुका साथै घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>