देश/प्रदेश

तिहारका लागि १५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए

०
Banner

मुस्ताङ, कात्तिक १८ –

तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बेँसी झारिएका छन् ।

उक्त भेडाच्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बेँसीतर्फ झारिएको हो । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका अनुसार बुधबार बिहानसम्म डोल्पाबाट मुस्ताङ झारिएका र उपल्लो मुस्ताङबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा व्यापारीहरुले खरिद गरी बोसी झारिएको बताएका छन् ।

कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा लालमणि अर्यालका अनुसार तिहार पर्वलाई लक्षित गरी व्यापारीले मुस्ताङबाट च्याङ्ग्रा एक हजार ३८५ र भेडा २०६ वटा बेँसी झारेका हुन् ।

मुस्ताङका च्याङ्ग्रा पालक तथा व्यापारीहरुबाट च्याङ्ग्रा एक हजार १५० र भेडा १३६ तिहारका लागि बेँसी झारिएको हो । यसैगरी उपल्लो डोल्पाबाट मुस्ताङ ल्याईएका च्याङ्ग्रा २३५ र भेड ७० वटा गरी तीन तीन सय भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झरेको कृषि तथा पशु विकास प्रमुख डा अर्यालले जानकारी दिनुभयो ।

तिहारका लागि उपल्लो मुस्ताङ र डोल्पाबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा काठमाडौँ, पोखरा, बागलुङ र म्याग्दीबाट आएका व्यापारीले खरिद गरी बिक्रीका लागि बजार झारेको कृषि तथा पशु विकास प्रमुख डा अर्यालले बताउनुभयो ।

मुस्ताङ र डोल्पाबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा एक जिल्लाबाट अर्को जिल्लामा लैजान सम्बन्धित पशु चिकित्सकबाट निरोगिता भएको पुष्टि हुनुपर्छ ।

कार्यालय प्रमुख डा अर्यालले तिहारका लागि बेँसी झारिएका भेडाच्याङ्ग्राको भेटेनरी परीक्षण गरेको उल्लेख गर्नुभयो । यसअघि दसैँ पर्वलाई लक्षित गरी मुस्ताङबाट करिब १५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा बाहिरिएका थिए । जसमध्ये ५०० बढी भेडाच्याङ्ग्रा तिब्बतबाट खरिद गरी कोरलानाका हुँदै नेपाल भित्र्याइएको थियो ।

यसवर्षको दसैँमा कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट पैदल खेदाएर जोमसोम ल्याइएको थियो । कार्यालय प्रमुख डा अर्यालले दसैँ पर्वभन्दा तिहारका लागि १० प्रतिशत मात्रै भेडाच्याङ्ग्रा मुस्ताङबाट बँेसी झरेको जानकारी दिनुभयो ।

दसैँका लागि जिल्ला बाहिर र जिल्लाभित्रका स्थानीय ब्यापारीले बिक्रीका लागि पोखरा काठमाडौँ पु¥याएकामा तिहारका लागि भने जोमसोम झरेका भेडाच्याङ्ग्रा जिल्ला बाहिरबाट आएका ब्यापारीले पोखरा/काठमाडौँतर्फ लगेको प्रमुख डा अर्यालको भनाइ छ ।

यस वर्ष दसै पर्व लक्षित गरी बजार झारिएका भेडाच्याङ्ग्राबाट व्यापारीले राम्रो फाइदा कमाएका छन् । मुस्ताङबाट कम च्याङ्ग्रा झरेको र दसैँमा हिमाली क्षेत्रको चिसो हावापानीमा हुर्काइएको भेडाच्याङ्ग्राको मासु खाने संस्कृति चलेकाले दशैमा भेडाच्याङ्ग्रा व्यापार फस्टाएको हो ।

मुस्ताङका कृषकले पुख्यौली व्यवसायका रुपमा भेडाच्याङ्ग्रा र याकचौरी पालन व्यावसायिक रुपमा पछ्याउँदै आइरहेका छन् । हिमाली क्षेत्रमा पशुपालक व्यवसाय प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय निकायबाट विभिन्न शीर्षकमा अनुदान कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालन गर्नेको सङ्ख्या वृद्धि हुँदै जान थालेको हो ।

तीन तहका सरकारबाट पशु बिमा, गोठ सुधार, आहार व्यवस्थापनलगायतमा अनुदान सहुलियतको ब्यवस्था गर्न थालेपछि पशुपालनतर्फ कृषकको आकर्षण बढ्दो रहेको कार्यालय प्रमुख डा अर्यालले बताउनुभयो ।

उच्च हिमाली क्षेत्रको चिसो हावापानीमा पालन गरिएको भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने गर्छ । उच्चलेकका खर्क, पाटन र बुकीमा भेडाच्याङ्ग्राले यार्सागुम्बा, निरमसी, जटामसी, पाँचऔले, वनलसुन र जिम्बुलगायतका वन्य जटीबुटी सेवन गर्ने भएकाले भेडाच्याङ्ग्राको मासु स्वादिलो र स्वास्थ्यवद्र्धक मानिने गर्छ ।

मुस्ताङको घरपझोङ, वारागुङ, लोघेकर र लोमान्थाङ गाउँपालिकाका कृषकले व्यावसायिक रुपमा भेडाच्याङ्ग्रा पालन गर्दैआइरहेका छन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा अनाधिकृत घाँस पलाउने, पानीका मुहान सुक्दै जाने र हिमचितुवालगायतका वन्यजन्तुको जोखिमका कारण पशुपालन व्यवसाय चुनौती बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>