कैलाली
पासोमा परेर चितुवा मर्यो
०

घोडाघोडी (कैलाली), कात्तिक १ –
कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा उद्धार गरिएको चितुवा मरेको छ ।
पासोमा परेको वयस्क भालेलाई बुधबार बिहान चितुवाको बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीले उद्धार गरेको थियो । उद्धार गरी थप उपचार र पुनःस्थापनाका लागि डिभिजन वन कार्यालय पहलमानपुरमा राखिएको चितुवा केही समयपछि मरेको सब डिभिजन वन कार्यालय टीकापुरका वन अधिकृत विश्वराज पण्डितले जानकारी दिनुभयो ।
पण्डितका अनुसार चितुवा अन्य कुनै ठाउँमा पासोमा परेको र त्यहाँबाट उम्भिएर काठको लामो किलासहित भागेको अवस्थामा झाडीमा अल्झिएको अवस्थामा भेटिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























