देश/प्रदेश
प्रधानमन्त्री ओली चढेको हेलिकोप्टर बिग्रिएपछि…
०

काठमाडौं, भदौ १४-
प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर बिग्रिएको छ । बिहान काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा पुगेका ओली चढेको हेलिकोप्टर बिग्रिएपछि अर्को हेलिकोप्टरमा फर्किएका छन् ।
ओली नेपाली सेनाको अगष्टा हेलिकोप्टरमा दीक्षान्त समारोहमा सहभागी हुन गएका थिए । फर्कने बेलामा प्राविधिक समस्या देखिएपछि प्रधानमन्त्रीलाई लिन सेनाको एमआई १७ हेलिकोप्टर गएको थियो ।
“अगष्टा हेलिकोप्टरमा सामान्य प्राविधिक समस्या देखिएपछि प्रधानमन्त्रीलाई लिन अर्को हेलिकोप्टर गएको हो,” नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भने, “एमआई १७ हेलिकोप्टरमा प्रधानमन्त्री काठमाडौं फर्किसक्नु भएको छ ।”
फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























