देश/प्रदेश

३५ वर्षपछि फेसबुककाे माध्यमबाट घर फर्किए कीर्तिमान

Banner

बिजुवार, भदौ १४-

बेपत्ता भएको ३५ वर्षपछि प्युठानका एक जना व्यक्तिको पारिवारिक पुनर्मिलन भएको छ ।

२२ वर्षको उमेरमा भारतको आसाम बोमडुल्लाबाट हराएका प्युठानको गौमुखी–४, खोलाबाङका ५७ वर्षीय कीर्तिमान सुनार फेसबुकका माध्यमबाट घर आइपुगेपछि परिवारमा खुसी छाएको छ । एक महिनाअघि स्थानीय युवक मोहन सुनारसँग फेसबुकमा भेट भएपछि कीर्तिमानको पुनः पारिवारिक पुनर्मिलन भएको हो ।

भेट्ने आशा मरेको छोरा ३५ वर्षपछि सकुशल घर आउँदा खुसी छाएको कीर्तिमानकी ८२ वर्षीय आमा चिमकली सुनारले बताइन् । बेपत्ता छोरासँग भेट भएकामा हर्षको आँसु बगाउँदै आमा चिमकलीले भनिन्, “छोरो भेटिने आश नै थिएन, अहिले निकै खुसी छु ।”

पैसा कमाउन भारत गएको चार वर्षसम्म कीर्तिमान परिवारको सम्पर्कमा थिए। गाउँका साथीसङ्गीमार्फत चिठी आदानप्रदान भइरहन्थ्यो । अचानक ठेगाना र बसाइँ फेरिएर भारतको दुर्गम आसाम तेजुमा गएपछि साथीभाइ र आफन्तसँगको सम्पर्क टुटेको कीर्तिमानले सुनाए । पुनः आफ्नो परिवारसँग भेटेर आफू अत्यन्त खुसी भएको कीर्तिमानले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>