देश/प्रदेश
नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल
०

काठमाडौँ, भदौ १२-
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई यही भदौ २४ गतेदेखि लागू हुनेगरी नियुक्त गर्नुभएको छ ।
नेपालको संविधान बमोजिम राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























