देश/प्रदेश

बुटवलको जुत्ता मेलामा स्थानीय व्यवसायीको अवरोध, कर्मचारीहरूमाथि हातपात

Banner

बुटवल, भदौ ९-

बुटवलको डेल्टा मार्ट परिसरमा आजदेखि सुरु गर्न लागिएको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड भएको छ । मेला स्थलमा पुगेको एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरू तोडफोड गर्नुका साथै मेलामा कार्यरत कर्मचारीहरूमाथि हातपात गरेको हो ।

नेपाली लुगा घरको आयोजनामा दसैँसम्मका लागि मेला सुरु भएको थियो । उक्त मेलालाई रोक्न रुपन्देही व्यापार सङ्घले दबाब दिँदै आएको थियो । मेला आयोजक मूल समितिका संयोजक तथा नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले करिब २५ जनाको

समूहले मेला स्थलका बोर्ड तथा स्टलहरू तोडफोड गर्नुका साथै त्यहाँ कार्यरत व्यक्तिहरूलाई समेत हातपात गरिएको जानकारी दिए । मेला स्थलमा पुगेको समूहले मेला बन्द गर्नुपर्ने भन्दै तोडफोड गरेको थियो ।

उता रुपन्देही व्यापार सङ्घले यसअघि नै उक्त मेला रोक्नका लागि बुटवल उपमहानगरपालिका वडा नम्बर ८ लाई ध्यानाकर्षण पत्र पठाएको थियो । मेलाको आयोजना बाहिरबाट आएका व्यक्तिले गरेको भन्दै सङ्घले विरोध गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>