घटना -दुर्घटना
आँबुखैरेनी बस दुर्घटनामा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई दिए समवेदना
०

काठमाडौं, भदौ ८-
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पर्यटक बोकेर पोखराबाट काठमाडौं आउने क्रममा तनहुँमा दुर्घटना भएकोमा चिन्ता व्यक्त गरेका छन्।
ओलीले सामाजिक सन्जालबाट दुर्घटनाबाट ज्यान गुमाएका भारतीय परिवार तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई समवेदना दिएका छन्। प्रधानमन्त्री ओलीले लेखेका छन, ‘भारतीय नागरिकहरुले यात्रा गरिरहेको बस पोखराबाट काठमाडौं आउने क्रममा आबु खैरेनीमा दुर्घटना हुँदा २७ जना भारतीय नागरिकको ज्यान गएको घटनाले अत्यन्त दुःखी छु। ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी लगायत परिवारजनमा समवेदना व्यक्त गर्दछु।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























