देश/प्रदेश
नागढुङ्गामा दुईतर्फी यातायात सञ्चालन
०

काठमाडौँ, भदौ ७-
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा बुधबार खसेको पहिरो पूर्ण रूपमा हटाएर आज साँझदेखि सडक दुईतर्फी खुलाइएको छ । प्रहरी वृत्त थानकोटकानुसार बुधबार बिहान खसेको पहिरो सोही दिन साँझ एकतर्फी खुलाइएको थियो ।
गाडीको चाप घटेपछि आज बाँकी रहेको पहिरो पन्छाइएको हो । पहिरो हटाइएसँगै आज साँझदेखि दुईतर्फी गाडी सञ्चालन भएको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























