गण्डकी
मुस्ताङको छिप्लुङमा हिमपहिरो, बोक्सी खोला थुनियो
०

जोमसोम,भदौ ७-
मुस्ताङको थासाङ २ बोक्सी खोलामाथि शुक्रबार दिउँसो हिमपहिरो गएको छ। मुस्ताङको थासाङस्थित मानापाथी हिमालको फेदबाट मुलिखर्क हुँदै खसेको हिमपहिरोले छिप्लुङसम्म थुनिएको हो।
थासाङ गाउँपालिका माथि मानापाथीबाट खसेको हिमपहिरो करिब १ हजार मिटरको दूरीमा जमेर बसेको थासाङ गाउँपालिका २ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए। ‘थासाङको गुरुसाङ्वो गुफामाथि छिप्लुङमा खसेको हिमपहिरो जमेर बसेको देखिन्छ, कुनै पनि बेला हिमपहिरो फुटेमा वा पग्लिएर तल झरेमा जोखिम निम्त्याउन सक्छ, वडाध्यक्ष शेरचनले भने, बोक्सी खोला आसपासका बस्ती हिमपहिरो फुटेमा मानवीय तथा भौतिक जोखिम हुनसक्छ। हामीले पनि आवश्यक सूचना दिइसकेका छौं।’
जिल्ला प्रशासन कार्यालय मुस्ताङले पनि थासाङको बोक्सी खोला माथि हिमपहिरो खसेर थुनिएको पुष्टि गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























