देश/प्रदेश

पहिरोमा परी मकवानपुरमा एक बालिकाको मृत्यु

Banner

हेटौँडा, भदौ ७-

मकवानपुरमा पहिरोमा परि एक जना बालिकाको मृत्यु भएको छ।

मकवानपुरको बकैया गाउँपालिका–६ की ६ वर्षीय बालिकाको विद्यालयबाट घर फर्कँदै गर्दा पहिरोमा परि मृत्यु भएको हो।

स्थानीय जनश्रम आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत शुष्मा थिङको विद्यालयबाट घर फर्कने क्रममा मृत्यु भएको विद्यालयका शिक्षक मिलन भोम्जनले बताए।

बिहीबार दिउँसो विद्यालय सकेर घर फर्कने क्रममा ज्यामिरे भन्ने स्थानमा पहिरो खस्दा उनको मृत्यु भएको भोम्जनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>