देश/प्रदेश

थुनुवा हत्कडी फ्याँकेर अस्पतालबाट फरार

Banner

झापा, भदौ ५-

इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हत्कडी फ्याँकेर अस्पतालबाट फरार भएका छन्।

फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जिथ्रीका भुटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार राई लागूऔषध मुद्दामा यही भदौ २ गते विर्तामोड बसपार्कबाट एक ग्राम ४४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए। अदालतबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको थियो।

हिरासतमा रहँदा अत्यधिक पेट दुखेको बताएपछि राईलाई मङ्गलबार अपराह्न ४ बजेतिर विर्तामोडको पूर्णटुङ्ग विर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। हत्कडी लगाइएका थुनुवा राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए।
सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छलेर थुनुवा राई हत्कडी फ्याँकेर अस्पतालबाट फरार भएका थिए।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टको नेतृत्वमा परिचालित प्रहरी टोलीले फरार थुनुवा राईको खोजी गरिरहेको जनाइएको छ। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>