देश/प्रदेश

सफा गर्नेक्रममा इनारमा पसेका दुई जनाको उद्धारपछि मृत्यु

Banner

दाङ, भदौ ५-

दाङको तुलसीपुरमा इनार सफा गर्दै गरेका दुई जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर उनीहरू आज (बुधबार) बिहान इनारमा पसेका थिए। उद्धारपछि उनीहरुलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको भएपनि ११ बजेतिर दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

उनीहरू इनारबाट निस्कन नसकेको र भित्र फसेको भन्ने सूचना पाउनासाथ प्रहरी पोष्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको कमाण्डमा दुई जना, इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठको नेतृत्वमा आठ जना र नेपाली सेनाको अम्बापुर बेस क्याम्पबाट जामरात रमेश पराजुलीको कमाण्डमा तीन जना प्रहरी खटिएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>