देश/प्रदेश

सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार सक्रिय

Banner

धरान (सुनसरी) भदौ ५-

वराहक्षेत्र नगरपालिका–१ स्थित पर्यटकीयस्थल सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार जुटेको छ । धार्मिक महत्वको कुण्ड संरक्षणको दायित्व स्थानीय सरकारको पनि भएकाले बराहक्षेत्र नगरपालिका सम्पदा जोगाउन सक्रिय भएको छ ।

नगरप्रमुख रमेश कार्कीले सूर्यकुण्ड क्षेत्रका ऐतिहासिक सम्पदाको संरक्षण पालिकामात्र नभइ समाजका सबै वर्गको दायित्व भएकोे बताउँदै बराहक्षेत्र मन्दिर, साथै बराहक्षेत्र–१ स्थित औलिया मठलगायत संरचनामा सरसफाइ गरिएको जानकारी दिनुभयो ।

सम्पदा संरक्षण एवं मठमन्दिरको नियमित रूपमा सरसफाइ गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । सूर्यकुण्ड क्षेत्रको विकासका लागि नगरपालिकाले सरोकारवाला निकाय तथा प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिरहेको छ”, नगरप्रमुख कार्कीले भन्नुभयो ।

नगरप्रमुख कार्कीको संयोजकत्वमा गठित संरक्षण एवं सरसफाइ समितिमा उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, बराहक्षेत्र–१ का वडाअध्यक्ष किसन मगर, बराहक्षेत्र–७ का वडाअध्यक्ष कपिल आचार्य, वडाका जनप्रतिनिधि, कर्मचारी मिलन केन्द्र, नेपाल प्रहरी र नगर प्रहरीका प्रतिनिधि सदस्य हुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>