देश/प्रदेश
ललितपुरको कुम्मेश्वरमा आगलागी
०

पाटन (ललितपुर), भदौ ३-
ललितपुरको कुम्मेश्वरस्थित एउटा घरमा आगलागी भएको छ । कुम्मेश्वर बङ्गलामुखी मन्दिरको पूर्वतर्फ रहेको अजिरमान बज्राचार्यको घरमा आज आगलागी भएको हो ।
ललितपुरका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार बज्राचार्यको तीन तले घरमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो निभाउन ललितपुर, भक्तपुर र काठमाडौँका ६ दमकल प्रयोग गरिएको थियो । “क्षतिको एकीन विवरण आइसकेको छैन”, उहाँले भन्नुभयो ।
ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले ग्यास लिक भएर आगलागी भएको जानकारी दिनुभयो । सो क्षेत्रमा आज मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास चुहिएर आगलागी भएको हुनसक्ने उहाँको भनाइ छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























