देश/प्रदेश
बाढीमा बेपत्ता भए भनिएका व्यक्ति घरमै सकुशल भेटिएपछि…
०

सोलुखुम्बु, भदौ ३-
सोलुखुम्बुको थामेमा बाढी आउँदा बेपत्ता भए भनिएका व्यक्ति सकुशल फेला परेका छन् । गत शुक्रबार हिमपोखरी फुटेर बाढी आउँदा थामे गाउँका ५५ वर्षीय निमानुरु शेर्पा सम्पर्कविहीन भएका थिए ।
तर उनी थामे भन्दा माथिल्लो क्षेत्रमा रहेको उनको आफ्नै घरमा रहेको जानकारी स्थानीयले प्रहरीलाई जानकारी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिका घिमिरेले भने, ‘हराएको भनिएको व्यक्ति भेटिनु भएको छ भनेर गाउँलेले हाम्रो स्थानीय प्रहरीलाई जानकारी दिएका छन् ।’
बाढी आउनुअघिसम्म थामेमा देखिएका उनी पछि नदेखेपछि स्थानीयले बेपत्ता भएको जानकारी प्रहरीलाई गराएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























