देश/प्रदेश

सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ

Banner

जनकपुरधाम, भदौ २-

सिरहामा सुनचाँदीका गहनासहित एकजना पक्राउ परेका छन् । पाँचथरको आरूबोटे नगरपालिका ५ बाजघरा घर भई झापाको दमकमा डेरा गरी बसेका २८ वर्षीय रोशन बराइलीलाई प्रहीले प्रकाउ गरेको हो।

उनललाई प्रहरीले सिरहा नगरपालिका ७ महिसोथाबाट प्र १–०१–०१४प ४६२५ नम्बरको मोटरसाइकलमा गइरहेको बेला अवैध गहनासहित पक्राउ गरेको थियो ।

बराइलीले बोकेको झोलाबाट हरियो पोतेमा जडित सुनका १८ थान माला, ३० थान रातो पोतेमा जडित माला, ५ थान सेतो मोती जडित माला, ६ थान खुल्ला चन्द्रमा, पोतेमा जडित चक्र थान चक्र, पोतेमा जडित मंगलसुत्र एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्ति सापकोटाले जानकारी दिए ।

बरामद सुन तौल गर्दा जम्मा २६.५ ग्राम भएको र तीन लाख ३५ हजार २२८ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । उक्त गहना अवैध रहेको प्रहरीको दाबी छ ।

यस्तै सुनका बाला-६४ थान, ब्रासलेट-११ थान, चुरा २९ थान र रड १ थान गरी २ किलो ६५२.४ ग्राम अर्थात २ लाख १७ हजार ६८० मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>