देश/प्रदेश

बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा, आज राति यी प्रदेशमा भारी वर्षाको सम्भावना

Banner

काठमाडौं, भदौ २-

पछिल्लो ६ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबैजसो ठाउँमा ठूलो पानी परेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार गोरखाको आरुघाटमा रहेको मापन केन्द्रमा ६ घण्टामै १ सय ८ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै नुवाकोट, दैलेख, रोल्पा, दाङ, कपिलवस्तु, पाल्पा, पर्सा लगायतका जिल्लामा पनि अति ठूलो पानी परेको छ ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>