देश/प्रदेश
टेलिकमको रिचार्ज र प्याकेज खरिद ४ घण्टा बन्द हुँदै
०

काठमाडौँ, साउन ३२-
नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा ४ घण्टा बन्द हुँदै छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नतिको काम गर्न लागेकाले आज राति ११ बजेदेखि झण्डै ४ घण्टा सेवा प्रभावित हुने भएको हो ।
टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नतिको काम नियमित भएको जनाएको छ । यसबारे थप जानकारीका लागि १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























