देश/प्रदेश

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

Banner

काठमाडौं, साउन ३१-

उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।

ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ । उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ ।

उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ । उनी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>