देश/प्रदेश

शङ्कास्पद वस्तुहरू हुनसक्ने आशङ्कामा कुलेश्वरस्थित काजु गोदाममा प्रहरीको छापा

Banner

काठमाडौँ, साउन ३०-

काठमाडौँको कुलेश्वरमा रहेको काजु गोदाममा प्रहरीले छापा मारेको छ । भन्सार छलेर ल्याएको सामान राखेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कालीमाटीले छापा मारिरहेको छ ।

मारवाडी समुदायका व्यापारीले सो गोदाम सञ्चालन गरेका हुन् । शङ्कास्पद वस्तुहरू हुनसक्ने आशङ्कामा कुलेश्वरमा टिम पठाइएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए ।
उनले भने,‘अवैध सामान भएको आशङ्कामा चेकजाँच गर्न टिम परिचालन गरिएको छ, थप विवरण आएको छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>