देश/प्रदेश

नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण नगर्न महानगरको आग्रह

Banner

काठमाडौं, साउन ३०-

काठमाडौं महानगरपालिकाले नगरक्षेत्रभित्रका नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको छ । महानगरले आज एक सार्वजनिक सूचना जारी गरी नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो ।

महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँ बायाँ छोड्नुपर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्न आग्रह गरिएको छ । साथै बागमती नदी र तिनका सबै सहायक नदीमा मलमुत्रयुक्त प्रदूषित पानी नपठाउने, निजी तथा सरकारी घर तथा स्वामित्वको व्यवसायिक भवन, कार्यालयको खुला क्षेत्रमा सोकपिट बनाई भूमिगत जलस्रोत पुनःभरण गर्ने, नदीहरूमा कुनै किसिमका फोहोर नफाल्न समेत आग्रह गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>