देश/प्रदेश

दिदीभाईलाई सर्पले डस्दा भाईको अवस्था चिन्ताजनक

Banner

कपिलवस्तु, साउन ३०-

कपिलवस्तु दिदीभाईलाई विषालु सर्पले डसेको छ। हिजो (मंगलवार) राति कपिलवस्तु नगरपालिका वडा नम्बर १ जमुहरा टोलमा बस्ने राकेश गुप्ताका ११ वर्षिय छोरा अनमोल गुप्ता र १५ वर्षिया छोरी अस्मितालाई सर्पले डसेको हो।

राति खाटमासँगै सुतेका २ दिदी बहिनी (प्रिया र अस्मिता), भाई (अनमोल) मध्य अस्मिता र अनमोललाई सर्पले डसेको थियो । सर्पले डस्दा भाईको अवस्था चिन्ताजनक रहेको र उनको प्रादेशिक अस्पताल बुटलमा उपचार भईरहेको दिदी प्रियाले जानकारी दिएकी छिन् । यस्तै अस्मिताको अवस्था भने खतरामुक्त रहेको प्रियाले बताइन।

सर्पले डसेको बारे थाहा नभएको तर, राति २ बजे भाई बहिनीले वान्ता गर्न थालेको र रिगंटा समेत लागे पछि कपिलवस्तु अस्पताल लगिएको थियो। त्यहाँबाट गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>