देश/प्रदेश
धारिलो हतियार प्रयोग गरी वृद्धको हत्या, शव धान खेतमा फेला
०

रौतहट, साउन ३०-
रौतहटको गौरमा धारिलो हतियार प्रयोग गरी वृद्धको हत्या भएको छ । हिजो (मंगलबार) राति गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो । तर, शव भने आज (बुधबार) बिहान फेला परेको थिया ।
महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए । महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























