देश/प्रदेश
साँपले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
०

घोराही (दाङ), साउन ३०-
साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छभने एकजनाको अवस्था गम्भीर छ ।
गए राति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
साँपले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























