अर्थ

आश्रयविहीनका लागि ‘मायाघर’ बनाउन दुई करोड सङ्कलन

Banner

महोत्तरी, साउन ३० –

बर्दिबासमा आश्रयविहीनलाई राख्न निर्माण गरिने ‘हाम्रो मायाघर’का लागि शिवपुराण महायज्ञबाट रु दुई करोड सङ्कलन भएको छ ।

शिवपुराण महायज्ञ समितिका संयोजक हिरालाल गौतमका अनुसार श्रद्धालुबाट प्राप्त नगद रु दुई करोडबाहेक महायज्ञस्थलमा नै प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ‘हाम्रो मायाघर’ निर्माण गर्न रु एक करोड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज कथावाचिका राधिका दासीले भवन शिलान्यास गर्ने कार्यक्रम छ । उहाँले नै शिवपुराण सुनाउनुभएको थियो । बर्दिबास–२ मा मायाघर निर्माणका लागि दाताबाट पाँच कठ्ठा १० धुर जग्गा प्राप्त भएको छ ।  रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>