देश/प्रदेश

डेंगु सङ्क्रमणबाट थप एक जनाको मृत्यु

Banner

काठमाडौं, साउन २९-

डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जनावरी एक यता ३ हजार ३ सय ३९ जना सङ्क्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु भएको हो ।

मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ । देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । तनहुँका ६५६ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यो जिल्लामा मात्रै पाँच सय बढी डेंगु सङ्क्रमित छन् ।

साउन २५ गते ३ हजार ८४ जनामा डेंगु देखिएको थियो । ईडीसीडीले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन दिनको फरकमा २५५ जना थप सङ्क्रमित भएको पुष्टि भएको छ ।

सो तथ्याङ्क अनुसार कोशी प्रदेशमा सबै भन्दा बढी ५८२ जना सङ्क्रमित छन् । यस्तै, सबैभन्दा मक डेंगु प्रभावित कर्णाली प्रदेश देखिएको छ । यहाँ ४७ जना मात्रै डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>