गण्डकी

पोखरामा दिनदहाडै हतियार देखाएर लुटपाट गर्ने तीनजना पक्राउ

Banner

पोखरा,साउन २९-

पोखरामा दिनदहाडै हतियार देखाएर लुटपाट गर्ने तीनजना युवालाई प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकल र स्कुटरमा हिँड्ने ती युवाहरूले शनिबार दिउँसो २ बजे पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा बाटोमा हिँडिरहेकी एक युवतीले लगाएको २ तोलाको सुनको सिक्री, नगद १२ हजार र छालाको कालो ज्याकेट लुटेका थिए।

चक्कु देखाएर लुटपाट गर्ने व्यक्तिहरू पोखरा १८ बस्ने ३७ वर्षीय देवन गुरुङ, सोही वडामा बस्ने १९ वर्षीय आजित रुचाल भन्ने हितमान सार्की र तनहुँ ब्यास नगरपालिका ३ घर भइ हाल पोखरा ५ बस्ने १८ वर्षीय अनिश भट्ट रहेका छन्। उनीहरु ग ८ प ६९२४ नं को डियो रातो रंगको स्कुटर र ग ११ प ९८२७ मोटसाइकलमा सवार थिए। लुटपाट गरेसँगै उनीहरुले सुनको सिक्री चाहिँ पोखरा ४,गणेशटोलमा विकास सुनचाँदी पसल चलाउने नारायणप्रसाद बिक र एसपी मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मालाई बेचेका थिए।

प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुबाट सुनको सिक्री बिक्री गरी आएको एक लाख तीन हजार पाँच सय रुपैयाँ पनि बरामद भएको कास्की प्रहरीको भनाइ छ। कास्की प्रहरीले लुटपाटमा संलग्नसहित सुन पसल संचालकहरुमाथि पनि डाँका मुद्दा चलाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>