देश/प्रदेश

चोरी आरोपमा फरार रहेका तीन जना बन्दुकसहित पक्राउ

Banner

काठमाडौँ, साउन २७-

झापामा चोरी आरोपमा फरार रहेका तीन जना पक्राउ परेका छन् । भरुवा बन्दुकसहित झापाको अर्जुनधारा नगरपालिका(४ का १९ वर्षीय आदित्य लिम्बु, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र सोही ठाउँका २१ वर्षीय निखिल तामाङलाई प्रहरीले प्रकाउ गरेको हो ।

प्रकाउ परेका तीनजनाले शुक्रबार राति १० बजेतिर अर्जुनधारा नगरपालिका-७ मिलडाँडामा इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलको ताला फोडी नगद तथा विभिन्न सरसामानहरु चोरी गरेको आरोप छ ।

इलाका प्रहरी कार्यालय अनारमणिबाट खटिएको टोलीले उनीहरुलाई हिजो (शनिबार) राति साढे १० बजे पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>