देश/प्रदेश

चूडामणिको थुनुवा मुद्दाको पेशी न्यायाधीश शर्माको इजलासमा

Banner

काठमाडौँ, साउन २७-

आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश विनोद शर्माको इजलासमा पेशी तोकिएको छ। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर आफैँ आत्मसमर्पण गरेका चूडामणिको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश विनोद शर्माको इजलासमा पेशी तोकिएको हो।

चूडामणिले विशेष अदालत समेत ४ लाई विपक्षी बनाउँदै साउन २५ गते मुद्दा दायर गरेका थिए । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेका चूडामणिले आफू बिरामी रहेको दाबीसहित बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च पुगेका हुन् । उनले साथै पुनरावेदन पनि गरेका छन् । विशेषको फैसला त्रुटिपूर्ण रहेको उनको दाबी छ।

विशेष अदालतले चूडामणिलाई कर फर्छ्यौट आयोगमा रहँदा राज्यको सम्पत्ति दुरुपयोग गरी कर छुट दिएको भन्दै ९ वर्ष कैद र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको थियो । विशेषले २०८० असारमा उनलाई उक्त सजाय सुनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>